शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङखबर साप्ताहिकको प्रधान सम्पादकमा आचार्य  

खोटाङखबर साप्ताहिकको प्रधान सम्पादकमा आचार्य  

रोदिक खबर

१९, मंसिर २०७७
  • 4.6K
    SHARES
  • खोटाङखबर साप्ताहिकको प्रधान सम्पादकमा आचार्य  

    खोटाङ । खोटाङबाट विगत नौ वर्षदेखि प्रकाशन हुँदै आएको खोटाङखबर साप्ताहिकको प्रधान सम्पादकमा वरिष्ठ पत्रकार कृष्ण आचार्य नियुक्त भएका छन् ।

    २०६८ साल भदौ ५ गतेदेखि प्रकाशन हुँदै आएको खोटाङखबर साप्ताहिकको प्रकाशक रोदिक मिडिया नेटवर्क प्रालिले पत्रकार आचार्यलाई प्रधान सम्पादकको जिम्मेवारी दिएको हो ।

    प्रकाशन संस्थाले शुक्रबार पत्रिकाको कार्यालय दिक्तेलमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङको हातबाट डायरी र कलम प्रदान गर्दै पत्रकार आचार्यलाई प्रधान सम्पादकको जिम्मेवारी प्रदान गरेको हो ।

    a.jpg

    प्रेस काउन्सिल नेपालको पत्रपत्रिका वितरण संपरीक्षणमा ‘क’ वर्गमा वर्गीकृत खोटाङखबर साप्ताहिकलाई थप व्यवसायिक बनाउने लक्ष्यका साथ आचार्यलाई प्रधान सम्पादक चयन गरिएको रोदिक मिडिया नेटवर्क प्रालिका सञ्चालक एबं सम्पादक दिलीप खत्रीले बताए । 

    चार दशक अघिदेखि पत्रकारितामा संलग्न आचार्य प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित पत्रकार हुन् । २०३२ सालदेखि झापाबाट पत्रकारिता शुरु गरेका आचार्यले मुलधारको पत्रकारितापछि जिल्लामा फर्किएर २०५२ सालदेखि नवसम्वाद पाक्षिक प्रकाशन सुरु गरेका थिए ।

    प्रधान सम्पादक आचार्यले निष्पक्ष, स्वतन्त्र र तटस्थ रुपमा सत्य तथ्य समाचार सम्प्रेषणमा पत्रिकाले थप सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । 

    प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - २०:२७:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको