शुक्रवार, भाद्र २६ गते २०८३

कुटपिटबाट खोटाङका एक शिक्षकको मृत्यु

कुटपिटबाट खोटाङका एक शिक्षकको मृत्यु

रोदिक खबर

१२, भाद्र २०८३
  • 6.5K
    SHARES
  • कुटपिटबाट खोटाङका एक शिक्षकको मृत्यु

    कुटपिटबाट खोटाङका एक शिक्षकको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सुर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको हो । चर्चित पर्यटकीय एवं धार्मिक स्थल सालपा पोखरी क्षेत्रमा शिक्षक राईको बिहिबार राती कुटपिटबाट मृत्यु भएको खबर आएको सुर्य माविका प्रधानाध्यापक ललितचन्द्र राईले बताए ।

    लगातार तीन दिन विद्यालय बिदा भएपछि संखुवासभा पुगेर फर्किने भन्दै शिक्षक राई बिहिबार गाउँबाट हिडेका थिए । जनै पुर्णिमा एवं ऋषितर्पणीको अवसरमा शुक्रबार सालपा पोखरीमा लाग्ने मेला भर्नको लागि सोही क्षेत्रमा बसेका राईको राती करिब १२ बजे कुटपिटबाट मृत्यु भएको खबर आएको प्रधानाध्यापक ललित चन्द्रले बताए ।

    घटना भएको क्षेत्र भोजपुर जिल्ला रहेकाले प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलसम्म पैदल जानु पर्ने र टेलिफोनको नेटवर्ककलेसमेत त्यस क्षेत्रमा काम नगर्नेहुँदा सबै विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

    शिक्षक राईको ज्यान जाने गरी कुटपिटमा संलग्न सुङ्देलकै केही ब्यक्तिहरु रहेको बुझिएको उनको भनाइ छ । घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप कुरा खुल्ने प्रनाउ खड्काले बताए । यता सुङ्देलबाट पनि शिक्षक राईको श्रीमती लगायत आफन्तहरु घटनास्थलमा गएको प्रधानाध्यापक ललितचन्द्रले बताए ।

    प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १९:५१:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको