शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

जीवन निर्वाह वृत्तिका लागि आवेदन दिन प्रशासनको आग्रह 

जीवन निर्वाह वृत्तिका लागि आवेदन दिन प्रशासनको आग्रह 

रोदिक खबर

२१, मंसिर २०७७
  • 4.6K
    SHARES
  • जीवन निर्वाह वृत्तिका लागि आवेदन दिन प्रशासनको आग्रह 

    खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले जीवन निर्वाह वृत्तिका लागि सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका घाईते/अपांगलाई निवेदन दिन आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले हालसम्म नेपाल सरकारले उपलव्ध गराउँदै आएको आर्थिक सहायता तथा जीवन निर्वाह वृत्ति पाउनबाट छुट भएका माओवादी सेनाका घाईते, अपांग, सशस्त्र द्धन्द्ध, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाईते अपांगलाई प्रमाणित कागजात सहित १५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो । 

    नेपाल सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनमा घाईते तथा अपांग भएका नागरिकलाई अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि अनुसार आर्थिक सहायता तथा जीवन निर्वाह वृत्ति उपलव्ध गराउँदै आएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले मंसिर १८ गते जारी गरेको सूचनामा विगतमा विवरण संकलन गर्नेक्रममा छुट भएका सशस्त्र द्वन्द्व, जनआन्दोलन एवं मधेश आन्दोलनका घाईते तथा अपांगलाई सरकारले प्रदान गर्ने आर्थिक सहायता एवं जीवन निर्वाह वृत्ति प्राप्तीका लागि आग्रह गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले निवेदन संकलन गरी घाईते/अपांगता प्रतिशत निर्धारण एबं पुनरावलोकन गरेर केन्द्रीय अनुमोदन समितिमा पठाउने र सोही समितिबाट अनुमोदन भएपछि सोही प्रतिशतका आधारमा जीवन निर्वाह वृत्ति उपलव्ध गराउने व्यवस्था छ । 

    अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ को दफा ३ बमोजिम घाईते तथा अपांगता प्रतिशत निर्धारण एबं पुनरावलोकन गरी पठाउनका लागि गृह–मन्त्रालयले २०७६ साल असार २७ गते पठाएको पत्र अनुसार प्रशासनले गरेको सिफारिसका आधारमा त्यस्ता अपांग तथा घाईतेले जीवन निर्वाह वृत्ति पाउँदै आएको जनाइएको छ । 

    प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - १२:०५:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको