शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिने

आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिने

रोदिक खबर

२३, मंसिर २०७७
  • 1.7K
    SHARES
  • आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिने

    काठमाडौं । आज अपरान्ह १ः ४५ बजे सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । सो घोषणाको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्दैछ ।

    यस अगाडि भएको सहमति अनुसार नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्नेछन् । सन् २००५ देखि नेपाल र चीनको बिचमा उचाइको विषयमा विवाद उत्पन्न भएको थियो ।तर हिउँको सतहलाई उचाइको आधार मान्नुपर्ने नेपालको प्रस्तावमा चीन सहमत भएको छ । यस अगाडि चीनले चट्टानलाई आधार मान्नुपर्ने बताउँदै आएको थियो ।

    गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको समयमा उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । स्रोतका अनुसार सगरमाथाको उचाइमा केही वृद्धि भएको छ ।

    हालसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको छ ।

    प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - १०:५१:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको