काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा मात्र २१६ जनामा संक्रमित थपिए । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।