काठमाडौँ । नेपालमा थप ६३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, झापाका १७, भोजपुरका ३, मोरङका ५२, संखुवासभाका १, सुनसरीका ३१, धनुषाका ३, पर्साका ५९, बाराका १०, महोत्तरीका १, रौतहटका २, सप्तरीका १, सिराहाका ३५, काठमाडौँका १६०, काभ्रेका ३, चितवनका २७, दोलखाका ४, धादिङका २ र नुवाकोटका २ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै भक्तपुरका ५०, मकवानपुरका ३२, ललितपुरका ६, सिन्धुलीका १, कास्कीका १६, तनहुँका २, नवलपरासी पूर्वका ३, बागलुङका १, स्याङ्जाका १, कपिलवस्तुका १५, नवलपरासी पश्चिमका ३, पाल्पाका २, प्यूठानका १, बर्दियाका ७, बाँकेका २८, रुपन्देहीका २३, रोल्पाका १, जुम्लाका २, सुर्खेतका २, कैलालीका १४, डडेल्धुराका १ र डोटीका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।