शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई कोरोना संक्रमण

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई कोरोना संक्रमण

रोदिक खबर

२७, मंसिर २०७७
  • 2.6K
    SHARES
  • कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई कोरोना  संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको जानकारी सिटौला आफैंले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

    उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

    उनले शुक्रबार स्वाब परीक्षण गराएका थिए । शनिबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो । कांग्रेस पूर्वमहामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् ।

    संक्रमण पुष्टि भएका कारण उनी आज बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकमा गएनन् ।आकस्मिक बैठकले प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    प्रकाशित मिति :मंसिर २७, २०७७ शनिवार - १७:५८:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको