शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

डिकुवाका स्थानीयलाई वौद्ध महायान केन्द्रको खाद्यान्न 

डिकुवाका स्थानीयलाई वौद्ध महायान केन्द्रको खाद्यान्न 

रोदिक खबर

३, पौष २०७७
  • 4.2K
    SHARES
  • डिकुवाका स्थानीयलाई वौद्ध महायान केन्द्रको खाद्यान्न 

    खोटाङ । नेपाल वौद्ध महायान केन्द्र गोन्पाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयलाई खाद्यान्न वितरण गरेको छ । कोभिड–१९ को महामारीमा परेका स्थानीयलाई लक्षित गर्दै नेपाल वौद्ध महायान केन्द्रले डिकुवाका ४३० परिवारलाई चामल, तेल र नुन प्रदान गरेको हो ।

    केन्द्रले बिहिबार डिकुवामै पुगेर प्रतिपरिवार ३० केजी एप्पल चामल, दुई पोका तेल र एक पोका आयोडिन नुन वितरण गरेको छ । खाद्यान्न गुम्बा विकास समितिका अध्यक्ष जिकडोल लामा, नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले स्थानीयलाई चामल, नुन र तेल हस्तान्तरण गरेका थिए । 

    कपन गुम्बाका प्रमुख जोपा लामाको सहयोगमा नेपाल वौद्ध महायान केन्द्र गोन्पाले स्थानीयलाई खाद्यान्न वितरण गरेको जनाइएको छ । प्राप्त भएको खाद्यान्न कर्मचारी र जनप्रतिनिधि भएका घर बाहेक अन्य परिवारलाई मात्र वितरण गरिएको हो ।

    नेपाल वौद्ध महायान केन्द्रले शुक्रबार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ५७० घर परिवारलाई खाद्यान्न वितरण गर्ने नगरप्रमुख राईले बताए । 

    प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - २०:४३:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको