पालिकासँग महिला कार्यक्रम

दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्वारा छात्र/छात्रालाई झोला वितरण सुरु

दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्वारा छात्र/छात्रालाई झोला वितरण सुरु

रोदिक खबर

८, पौष २०७७
  • 5.7K
    SHARES
  • दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्वारा छात्र/छात्रालाई झोला वितरण सुरु


    खोटाङ ।  दलित र फरक क्षमता भएका छात्र÷छात्रालाई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले झोला वितरण सुरु गरेको छ । गाउँपालिकाले पालिकासँग महिला कार्यक्रम अन्तरगत दलित तथा फरक क्षमता भएका छात्र/छात्रालाई झोला वितरण सुरु गरेको हो ।

    गाउँपालिकाले मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित महेन्द्रोद्धय मावि ओख्रेका ४१ जना दलित र ६ जना फरक क्षमता भएका छात्र÷छात्रालाई झोला वितरण गरिएको छ ।

    पालिकासँग महिला कार्यक्रम अन्तरगत सोही माविमा अध्ययनरत छात्रालाई एक थान भलिबल, नेट र पम्प वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पुस्तक बोक्ने झोला तथा खेलकुदका सामग्री गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई लगायतले छात्र/छात्रालाई हस्तान्तरण गरेका थिए ।

    आर्थिक वर्ष २०७६/०७७ मा पालिकासँग महिला कार्यक्रमका लागि विनियोजित ५० लाख बजेटबाट गाउँपालिकाले दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा छात्रालाई खेल सामग्री वितरण सुरु गरेको उपाध्यक्ष राईले जानकारी दिइन् ।

    ७ वडा रहेको गाउँपालिकामा क्रमशः गाउँपालिकाभित्रका ४८ विद्यालयका कक्षा १ देखि ८ मा अध्ययनरत दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा आधारभुत तह र मावि तहमा अध्ययनरत छात्रालाई खेल सामग्री वितरण गरिने गाउँपालिकाले जनाएको छ  । कोभिड–१९ का कारण गत वर्षको कार्यक्रम यस वर्ष सरेको गाउँपालिकाले जनाएको छ । 

    प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - १३:२९:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको