शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

रोदिक खबर

८, पौष २०७७
  • 3.6K
    SHARES
  • ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

    पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।

    ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
    मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । अन्य विवरण समेत प्राप्त नभएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

    ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ ।  कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।

    घटनास्थल गैंडाकोटस्थित पूर्व-पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ ।

    प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - १४:३३:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको