शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

दाल्फुमा विद्युत विस्तार गर्दै नगरपालिका

दाल्फुमा विद्युत विस्तार गर्दै नगरपालिका

रोदिक खबर

१०, पौष २०७७
  • 4.1K
    SHARES
  • दाल्फुमा विद्युत विस्तार गर्दै नगरपालिका

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको दाल्फुमा विद्युत विस्तार भएको छ । नगरपालिकाको ‘उज्यालो वडा’ घोषणा अभियान अन्तरगत दाल्फुमा पहिलोपल्ट केन्द्रिय प्रशारणलाईन अन्तरगतको विद्युत विस्तार गरिएको हो ।

    पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर राख्ने, मिटरबक्स जडान गर्ने लगायतका काम पुरा भएपछि साविकको च्यास्मीटार–४ दाल्फुमा बिहिबार दिउँसोदेखि विद्युत बालिएको उपभोक्ता समितिका अध्यक्ष दिपेन राईले बताए । 
    दाल्फुका ३२ घर परिवारमध्ये पहिलो चरणमा ८ घरमा वत्ती बलेको छ । गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईन अन्तरगतको विद्युत बलेपछि स्थानीय हर्षित भएका छन् ।

    गाउँमा विद्युत बिस्तारका लागि उपभोक्ताबाट पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मर राख्ने काममा श्रमदान जुटाइएको स्थानीय केसीराज राईले बताए । तत्कालै अन्य घरमा विद्युत बल्ने उपभोक्ता समितिले जनाएको छ । च्यास्मीटारका साविकका अन्य कतिपय वडामा विद्युत विस्तार भइसकेका छन् भने कतिपय ठाउँमा विद्युतीकरणको काम भइरहेको छ । 

    ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाले हाल विद्युत विस्तार गर्न बाँकी वडामा विद्युतीकरणको कामलाई तिब्रता दिएको छ ।

    नगरपालिकाको आफ्नै बजेट, संघीय सरकार र नगरपालिकाको म्याचिङ फण्ड तथा नेपाल विद्युत प्राधिकरणको बजेटमा विद्युत बिस्तारलाई तिब्रता दिइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

    हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेर र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई आर्थिक वर्ष २०७६÷०७७ मा ‘उज्यालो वडा’ घोषणा गरिएको थियो ।

    स्थानीय सरकार आउन अघि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा मध्यपहाडी लोकमार्ग आसपासका टोलमा मात्र विद्युत बिस्तार भएको थियो । 

    प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - २२:३१:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको