शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

गाउँपालिका अध्यक्ष राईलाई सम्मान 

गाउँपालिका अध्यक्ष राईलाई सम्मान 

रोदिक खबर

१२, पौष २०७७
  • 6.7K
    SHARES
  • गाउँपालिका अध्यक्ष  राईलाई  सम्मान 

    नदीको पानी गाउँमा निकाल्न योगदान पुर्‍याएकामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईलाई सम्मान गरिएको छ ।

    रसुवाघाट–कालापानी खानेपानी आयोजना सञ्चालनका लागि पहल गरेकामा उपभोक्ता समितिले कांग्रेस महाधिबेसन प्रतिनिधि रहेका गाउँपालिका अध्यक्ष राईलाई सम्मान गरेको हो ।

    रसुवाघाट–कालापानी खानेपानी आयोजना उद्घाटनको अवशरमा उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले कांग्रेस महाधिबेसन प्रतिनिधि एबं गाउँपालिकाका अध्यक्ष राईलाई दोसल्ला ओढाए सम्मान–पत्र प्रदान गरेका छन् ।

    पिउने पानीको चरम अभाव भएको गाउँमा बैकल्पिक व्यवस्था स्वरुप नदीको पानी लिफ्ट गर्ने योजना अघि बढाउन र सम्पन्न गराउन योगदान पुर्‍याएकामा राईलाई सम्मान गरिएको उपभोक्ता समितिका अध्यक्ष राउतले बताए । 

    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ११:२७:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको