मझुवागढी रणजितमान राई अन्तर वडास्तरीय फुटवल प्रतियोगिता फागुन १० गते हुने

मझुवागढी रणजितमान राई अन्तर वडास्तरीय फुटवल प्रतियोगिता फागुन १० गते हुने

रोदिक खबर

१९, पौष २०७७
  • 6.7K
    SHARES
  • मझुवागढी रणजितमान राई अन्तर वडास्तरीय फुटवल प्रतियोगिता फागुन १० गते हुने

    खोटाङ । आगामी फागुन १० गतेदेखि लफ्याङमा मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’भन्ने नाराका साथमा लफ्याङस्थित निर्माणाधिन मझुवागढी रणजितमान राई खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

    आइतबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ तथानमुना स्पोर्टस क्लव लफ्याङले पत्रकार सम्मेलन गरेर फागनु १० गतेदेखि १५ गतेसम्म जिल्लामा सबैभन्दा ठूलो पुरस्कार राशी भएको अन्तर वडा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने जानकारी दिएको छ ।

    प्रतियोगितामा प्रथम टिमले नगद १ लाख ५५ हजार, दोश्रो टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई टिमले ३१/३१ हजार नगद पुरस्कार पाउनेछ ।

    विधागत पुरस्कारतर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए ।

    football_lfyang-scaled.jpg

    वडाध्यक्ष राईका अनुसार प्रतियोगिताउद्घाटनका दिन जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई नगद ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।

    प्रतियोगितामा सहभागिताका लागि ५ हजार ५५५ रुपैयाँ लाग्नेछ । एक टिममा ९ जना खेलाडी र ४ जना अतिरिक्त खेलाडी तथा १/१ जना प्रशिक्षक र व्यवस्थापक हुनुपर्नेछ ।

    प्रतियोगितामा ३ जना वाह्य खेलाडी सहभागी गराउन पाइने नमुना स्पोर्टस क्लबका अध्यक्ष काजीमान राईले जानकारी दिए । राईका अनुसार ५ फागुनसम्म टिम दर्ता गरिने र ६ फागुनमा खेल तालिका सार्वजनिक गरिनेछ । 

    कोरोना कहर कम भएसँगै जिल्लामा खेलकुद गतिविधि सुरु हुन थालेको छ । १८ पुसबाट नेर्पा भुलभुले अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

    सवैभन्दा बढी रुचाइएको फूटबल खेलले युवाहरुलाई स्वास्थ्य रहन तथा आन्तरिक व्यापार व्यवसायमा समेट ठूलो टेवा पुर्‍याएको जिल्ला फुटवल संघ खोटाङका संयोजक ध्रुवविक्रम राईले बताए । राईका अनुसार नेर्पामा सञ्चालन भइरहेको खेल सबैभन्दा व्यवस्थित र मर्यादित रहेको छ ।

     

    प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - १८:१९:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको