शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

चुनावको तयारीमा जुट्न प्रहरीलाई  गृहमन्त्रीको निर्देशन 

चुनावको तयारीमा जुट्न प्रहरीलाई  गृहमन्त्रीको निर्देशन 

रोदिक खबर

२७, पौष २०७७
  • 3.6K
    SHARES
  • चुनावको तयारीमा जुट्न  प्रहरीलाई  गृहमन्त्रीको निर्देशन 

    काठमाडौं  । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आगामी बैशाखका लागि तोकिएको चुनावको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

    नेपाल प्रहरीमा वरिष्ठ प्रहरी उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै थापाले चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

    ‘तपाईंहरुको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ । त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्,’ थापाले भने, ‘तपाईंहरुको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलन नियन्त्रण गर्ने दायित्व आएको छ । लोकतन्त्रमा विरोध, प्रदर्शन गर्न पाइन्छ । तर शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइँदैन ।’

    गृहमन्त्री थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको जनाउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन निर्देशन दिए । ‘तपाईंहरूलाई कुनै कठिनाइ आइपरे गृह मन्त्रालय तपाईंहरूको साथ हुनेछ,’ थापाले भने । कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - १८:०७:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको