शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नुवाकोटमा माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइयो

नुवाकोटमा माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइयो

रोदिक खबर

१, माघ २०७७
  • 2.8K
    SHARES
  • नुवाकोटमा माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइयो

    नुवाकोट – नुवाकोटका विभिन्न ठाउँमा यस वर्षको माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रूपमा जिल्लाका विभिन्न ठाउँमा जुधाउन थालिएको छ ।

    बिहीबार  तारकेश्वर गाउँपालिका–३, तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबिसे र शिवपुरी गाउँपालिका–३, शेराबगरमा माघ १ गते गोरु जुधाउने मेला सञ्चालन भएको छ । पाँच ठाउँमा गरी ३५ हल गोरु जुधाइएको आयोजकहरूले जनाएका छन् । 

    सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालन भएको गोरु जुधाइमा तारुका हजारौँ दर्शक गोरु जुधाइ हेर्नका लागि पुगेका थिए । 

    गाउँमा विभिन्न ठाउँमा गोरु जुधाउने चलनलाई एकत्रित गर्दै २०६२ सालबाट व्यवस्थित रूपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताए ।

    विदुर नगरपालिका–१० बेत्रावतीमा यस वर्ष वरपरका पाँच हलमात्र गोरु जुधाइएको गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले बताए। कोरोनाका कारण धेरै प्रचार–प्रसारमा जोड नदिइ परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उनको भनाइ छ । 

    यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा पाँच हल गोरु जुधाइएको आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले बताए । विजेता तथा सहभागी गोरुका धनीहरूलाई १५, १० र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । पञ्चकन्यामा पछिल्लो पाँच वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ ।

    यस्तै तीन वर्षअघिदेखि गोरु जुधाउन थालिएको हो।   

    प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - २२:१६:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको