‘प्रेसर हाई’ भएर समस्यामा हुनुहुन्छ ? के खाने के नखाने ?

‘प्रेसर हाई’ भएर समस्यामा हुनुहुन्छ ? के खाने के नखाने ?

रोदिक खबर

८, भाद्र २०७७
  • 3.7K
    SHARES
  • ‘प्रेसर हाई’ भएर समस्यामा हुनुहुन्छ ? के खाने के नखाने ?

    काठमाडौं । समय फेरियो । तर हाम्रा आनीबानी फेरिएको छैन । खानै नपाउने अवस्था गुजारेका धेरै नेपालीले दुई छाक खानको लागि सजिलै पाउने अवस्था आएको धेरै भएको छैन । तर हाम्रो अस्वस्थ्य जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई अनेक किसीमका रोगले गाँजेको छ ।

    मान्नुहोस् या नमान्नुहोस् तर हिजोआज धेरै मानिसहरुमा मीठामीठो खानुपर्ने, हप्ताको ४ दिन मासु खानैपर्ने, रक्सी खाने , सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न खाले मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिको आदत या दैनिकीबाट गुज्रिरहेको छ ।

    यी यस्तै आनीबानी र खानपान शैलीले गर्दा अधिकांशमा ब्लड प्रेसर जस्तो समस्या देखिएको भन्दछन् – चिकित्सक । हाम्रो यहि जीवनशैलीले निकालेको रोग हो, उच्चरक्तचाप अर्थात् ‘ब्लडप्रेसर हाई ।’  तर यो समस्या खानपान मात्रैले मात्र पनि हुँदैन । यो ‘जेनियोटिक’ पनि हुन्छ ।
    प्रेसर हाई हुने समस्याको परिणामस्वरुप हार्ट अट्याक, प्रेसर हाई, प्यारालाइसिस, मुटुरोग जस्ता समस्या देखिन थालेका छन् ।
    पहिले धनीमानी, उमेर भएका, रोगले च्यापेकालाई छिटफूट देखिने यो रोग अहिले २० वर्षे युवा उमेरदेखि वयस्क, पुरुष महिला सबैमा देखिन थालेको छ ।
    हो, ३० वर्षका युवाले समेत प्रेसर हाई भएको समस्याले नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये २ देखि ३ प्रतिशतको मात्रै कारण देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता नलागेको बताईन्छ । त्यसैले उच्च रक्तचाप ‘साइलेन्ट किलर’ रोग हो ।

    चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, धड्कन रोकिएजस्तो हुनु, भनभन रिँगटा छुट्नु, आँखा हेर्नै गार्‍हो हुनु, श्वास रोकिएला झै हुनु जस्ता लक्षण देखिन्छ । यसले प्यारालाईसिस जस्तो भयानक रोग निम्त्याउन सक्छ भने ‘हार्ट अटट्याक’ जस्ता समस्या देखिएर ‘अन द स्पट डेड’ हुन पनि सक्छ । तर नआत्तिनुहोस् ।

    – जीवनशैली तथा खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापलाई कम गर्न र नियन्त्रण गर्न सकिन्छ ।
    – उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खानुपर्छ ।
    – केरा सेवन केरामा पोटासियम भन्ने तत्व पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरमा नुनको असर कम गर्दछ ।
    – हरेक बिहान खाली पेट लसुनका दुइ पोटी तथा एक गिलास पानी पिउनुहोस् ।
    – अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाईने भएकोले अदुवाको टुक्रा मुखमा राखिरहँदा पनि फाईदाजनक हुन्छ ।
    – आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २ २ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।
    – तुलसी तथा निमको पातको सेवन गर्नुहोस् ।
    – एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।
    – गाजर र पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।
    – १ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्छ ।
    – रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३र४ पटक पिउनुपर्छ ।
    – गहुँ तथा चनाको रोटी सेवन राम्रो मानिन्छ ।
    – धूम्रपान मद्यपान त्याग्नुहोस् ।
    – नियमित एक्सरसाईजहरु गर्नुहोस् ।
    – महीको सेवन निकै फाइदाजनक हुन्छ ।
    – उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ ।
    – बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ ।
    – करेला, मेथी, नीमको पात, घ्युकुमारी खाने, आर्युेवेदिक उपाय गर्ने, योग, ध्यान गरेर पनि कम गर्न सकिन्छ ।
    – ब्लडप्रेसर नियमित जाँच गर्ने ।

    प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - ०८:५७:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको