शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

रुकुम पश्चिममा कांग्रेस र प्रचण्ड–माधव समूह निकट युवाबीच झडप, प्रहरीद्वारा १७ राउण्ड हवाई फायर

रुकुम पश्चिममा कांग्रेस र प्रचण्ड–माधव समूह निकट युवाबीच झडप, प्रहरीद्वारा १७ राउण्ड हवाई फायर

रोदिक खबर

६, माघ २०७७
  • 3.0K
    SHARES
  • रुकुम पश्चिममा कांग्रेस र  प्रचण्ड–माधव समूह  निकट युवाबीच झडप, प्रहरीद्वारा १७ राउण्ड हवाई फायर

    सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीच विवाद हुँदा झडप भएको छ ।

    नेकपा प्रचण्ड–माधव समूह निकट आठविकासकोट नगरपालिका वडा नम्बर–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का काँग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीय युवा शिव केसीले बताए ।

    सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ ।

    ‘स्थानिय काँग्रेस र नेकपा निकट युवाहरुबीच पहिले देखिनै विभिन्न विषयमा विवाद हुँदै आएको थियो,’ प्रनाउ श्रेष्ठले भने, ‘उक्त विवाद प्रहरीसम्म आएपछि मिलाउन खोज्दा नेकपाका केही केही युवाहरुले चौकीमै ढुंगामुढा गरेछन्, त्यसलाई नियन्त्रणमा लिन पनि हवाई फायर गर्नुपर्‍यो ।’

    ‘पहिले पनि जिल्ला स्तरीय नेताहरुलाई राखेर दुई समूहको विवाद मिलाउने प्रयास गरेका थियौं, फेरि यसपटक विवाद भयो । अब जिल्लामै बोलाएर फेरि छलफल गर्छौं’, प्रनाउ श्रेष्ठले भने । अहिले अवस्था नियन्त्रणमा आइसकेको इप्रहरीले जनाएको छ ।

     झडपका क्रममा ढुंगा लाग्दा तीन जना प्रहरी र वडाध्यक्ष  शाहीसहित तीन जना कांग्रेस निकट युवाहरु घाइते भएका छन् । उनीहरुको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घटनाका विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति समेत गठन गरिएको प्रनाउ श्रेष्ठले बताए । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।

    प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - १८:०२:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको