नेकपा

नेकपा अध्यक्षद्वयले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन

नेकपा अध्यक्षद्वयले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन

रोदिक खबर

१, भाद्र २०७७
  • 1.6K
    SHARES
  • नेकपा अध्यक्षद्वयले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन

    १ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।

    अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो ।

    तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।

    त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १३:१०:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको