शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

विप्लव समूह मोरङका जिल्ला इन्चार्ज विक पक्राउ

विप्लव समूह मोरङका जिल्ला इन्चार्ज विक पक्राउ

रोदिक खबर

८, माघ २०७७
  • 2.8K
    SHARES
  • विप्लव समूह मोरङका  जिल्ला इन्चार्ज विक पक्राउ

    मोरङ । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मोरङका जिल्ला इन्चार्ज हातहतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक रहेका छन् ।

    उनलाई मोरङको बूढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि गत मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप समेत रहेको छ । श्रेष्ठ हत्याको जिम्मा विप्लव समूहले लिएपनि हालसम्म कोहि पनि पक्राउ परेका थिएनन् ।

    प्रहरीले पक्राउ परेका विकको साथबाट एकथान सेमि अटोमेटिक पोस्तोल र तीन राउन्ड गोली बरामद गरेको छ । त्यस्तै उनको साथबाट विभिन्न नम्बरका मोबाइल फोनसहित मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले व्यवसायीहरुलाई धम्क्याएर चन्दा असुली समेत गरेका थिए ।

    प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १६:२२:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको