शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

अविश्वासको प्रस्तावको पक्षमा उभिन्छौं : वरिष्ठ नेता पौडेल

अविश्वासको प्रस्तावको पक्षमा उभिन्छौं : वरिष्ठ नेता पौडेल

रोदिक खबर

१०, माघ २०७७
  • 5.9K
    SHARES
  • अविश्वासको प्रस्तावको पक्षमा उभिन्छौं : वरिष्ठ नेता पौडेल

    विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् ।

    नेकपा विभाजनसँगै अविश्वासको प्रस्तावको लहर आइरहेको बेला नेता पौडेलले यसको पक्षमा उभिने बताएका हुन् ।शनिबार विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् ।

    वरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् । ‘केन्द्रमा पनि स्याडो (छाया) सरकार बनाएका छौं । यहाँ पनि हामी प्रतिपक्षी हो,’ उनले भने ”अविश्वासको प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलापमा हामी जान्छौँ ।’

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । अविश्वासको प्रस्तावको पक्ष कि विपक्षमा उभिने भन्नेमा नेपाली कांग्रेसभित्र विवाद छ । सभापति देउवाले प्रदेशकै संसदीय दललाई यसबारेमा निर्णय लिन दिनुपर्ने बताउँदै आएका छन् ।

     

    प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - २०:१०:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको