जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएको विरामीमा कोरोना संक्रमण

जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएको विरामीमा कोरोना संक्रमण

रोदिक खबर

८, भाद्र २०७७
  • 5.3K
    SHARES
  • जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएको विरामीमा कोरोना संक्रमण

    खोटाङ । जिल्ला अस्पताल खोटाङबाट रेफर भएका बिरामीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पूष्टी भएको छ । जिल्ला अस्पतालले भदौ ४ गते रेफर गरेका एक महिलालाई कोरोना संक्रमण पूष्टि भएको हो ।

    ज्वरो आएपछि भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी महिलालाई सोमबार कोरोना संक्रमण पूष्टि भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । जिल्ला अस्पतालबाट रेफर भएपछि पाटन अस्पतालमा पु¥याइएकी महिलाको पिसिआर परीक्षणकाक्रममा संक्रमण भएको पूष्टि भएको जनाइएको छ ।

    ‘उहाँ विदेशबाट आउनु भएको पनि होईन, विदेशबाट आउने व्यक्तिसँग सम्पर्क भएका व्यक्ति पनि होइन भनिएको छ,’ डा. श्रेष्ठले भने, ‘यही आधारमा अस्पतालमा भर्ना गरेर उपचार गर्दा पनि सुधार नभएपछि रेफर गरिएको थियो ।’

    उपचारपछि रेफर गरिएका महिलालाई कोरोना संक्रमण पूष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाउने तयारी गरिएको जिल्ला अस्पतालले जनाएको छ । यससँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २० जनालाई संक्रमण भएको पूष्टि भएको छ । 

    हालसम्म जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जना र ६ जना प्रहरीलाई संक्रमण पूष्टि भएको छ । 

    यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पठाइएका ८५ जनामध्ये ८३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पठाइएका मध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको डा. श्रेष्ठले बताए । 

    प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - २१:३०:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको