शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षीलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षीलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

रोदिक खबर

१३, माघ २०७७
  • 2.0K
    SHARES
  • गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षीलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको हो ।

    सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गर्नुभएको छ । उहाँले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ ।

    त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाउनुभएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गर्नुभएको छ ।

    प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - १२:३७:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको