शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रधानमन्त्री ओलीलाई लिखित जवाफ लिएर स्वयं उपस्थित हुन सर्वोच्चको आदेश

प्रधानमन्त्री ओलीलाई लिखित जवाफ लिएर स्वयं उपस्थित हुन सर्वोच्चको आदेश

रोदिक खबर

१५, माघ २०७७
  • 3.2K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई लिखित जवाफ लिएर स्वयं उपस्थित हुन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । 

    प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध प्रधानमन्त्रीको अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाको उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गरेका थिए ।

    रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च स्रोतले  भन्यो, ‘प्रधानमन्त्रीले वारेस राखेर जवाफ दिन पाइँदैन, अदालतमा आफैं पेश गर्नुपर्छ।’

    त्यस्तै, पूर्व सभामुख दमननाथ ढुंगाना तथा पूर्व न्यायाधीशहरू मिनबहादुर रायमाझी, सुशीला कार्की सहितविरुद्ध परेको निवेदनमा समेत कारण देखाउ आदेश जारी गरिएको छ ।

    प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १८:४१:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको