शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

संवैधानिक अंगका पदाधिकारी एवं सदस्य नियुक्ति खारेजीको माग 

संवैधानिक अंगका पदाधिकारी एवं सदस्य नियुक्ति खारेजीको माग 

रोदिक खबर

२१, माघ २०७७
  • 3.3K
    SHARES
  • संवैधानिक अंगका पदाधिकारी एवं सदस्य नियुक्ति खारेजीको माग 

    खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी खोटाङ (दाहाल–नेपाल समुह) ले संवैधानिक अंगका पदाधिकारी एवं सदस्य नियुक्ति खारेजीको माग गरेको छ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैर–कानूनी ढंगले बल मिच्याइ गरेर संवैधानिक अंगका पदाधिकारी एवं सदस्यहरुलाई बुधवार सपथ ग्रहण गराइएको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (दाहाल–नेपाल समुह)ले विज्ञाप्ति जारी गर्दै विरोध जनाएको हो ।

    नेपाल कम्यूनिष्ट पार्टी खोटाङ (दाहाल–नेपाल समुह) का अध्यक्ष पृथ्वी किरातीले जारी गरेको विज्ञाप्तिमा संवैधानिक परिषदका सदस्य प्रतिनिधिसभाका सभामुखलाई प्रकृयागत ढंगले उपस्थितिको लागि पत्राचारै नगरी अवैधानिक बैठकमार्फत गरिएको संवैधानिक अंगका पदाधिकारी एवं सदस्य नियुक्तिको भत्र्सना गर्दै तत्काल खारेजीको लागि माग गरेका छन् । 

    वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध आम राजनैतिक पार्टी, नागरिक समाज, संघसंस्था र जनसमुदाय आन्दोलनरत रहेको अवस्थामा पुःन अर्को संवैधानिक कदम चालिएको विज्ञाप्तिमा उल्लेख छ ।

    तमाम प्रतिगामी कदमहरु नसच्चिए जस्तोसुकै कलम चाल्न तयार रहेको अवगत गराउँदै सो पार्टीले सम्पूर्ण असंवैधानिक गतिविधिको विरुद्धमा विहीबार आव्हान गरिएको देशव्यापी आम हड्ताललाई सहयोगका लागि अपिल गरेको छ । हड्तालका क्रममा अस्पताल, औषधि, एम्बूलेन्स जस्ता अत्यावश्यक सेवाहरु भने सूचारु हुने विज्ञाप्तिमा जनाइएको छ । 

    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - २०:४७:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको