शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

तीन सरकारीसहित ३३ सवारीमा तोडफोड, १८८  प्रदर्शनकारी पक्राउ

तीन सरकारीसहित ३३ सवारीमा तोडफोड, १८८  प्रदर्शनकारी पक्राउ

रोदिक खबर

२२, माघ २०७७
  • 2.7K
    SHARES
  • तीन सरकारीसहित ३३ सवारीमा तोडफोड, १८८  प्रदर्शनकारी पक्राउ

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हडतालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो ।     

    राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झन्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिए । धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ ।     

    बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौँको सामाखुसीमा आज बिहानै एउटा ट्याक्सीमा आगजनी गरेका थिए । प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीन वटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।    

    प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेका र छानबिनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । अन्यको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वाध रुपमा सवारी तथा उद्योग व्यवसाय सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो । 

    प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २०:४६:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको