थप ८५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३३ हजार नाघ्यो

थप ८५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३३ हजार नाघ्यो

रोदिक खबर

९, भाद्र २०७७
  • 2.2K
    SHARES
  • थप ८५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३३ हजार नाघ्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

    काठमाडौं उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १७:००:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको