फुटवल प्रतियोगिताको तयारी पुरा हुँदै, सबै पुरस्कारमा सहयोग जुट्यो

फुटवल प्रतियोगिताको तयारी पुरा हुँदै, सबै पुरस्कारमा सहयोग जुट्यो

रोदिक खबर

२९, माघ २०७७
  • 4.1K
    SHARES
  • फुटवल प्रतियोगिताको तयारी पुरा हुँदै,  सबै पुरस्कारमा सहयोग जुट्यो

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालन हुने मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिताको सम्पूर्ण पुरस्कारमा सहयोग जुटेको छ । आगामी फागुन १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि पुरस्कारहरुमा सहयोग जुटेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र नमुना स्पोर्टस क्लब लफ्याङको आयोजानमा मझुवागढी रणजितमान राई खेलमैदानमा हुने  प्रतियोगिताका लागि प्रथम पुरस्कार १ लाख ५५ हजार राशीको लफ्याङ घर भर्इ काठमाण्डौ ताल्चीखेलमा वसोवास गर्दै आएका क्याप्टेन जगतराम राईले र दोश्रो पुरस्कार १ लाख १ हजार राशीको पूर्व ब्रिटिस आर्मी तेजबहादुर राईले सहयोग गर्ने घोषणा  गरेकोलफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिए । 

    यस्तै,  सेमिफाइनलिस्ट दुई टिमका लागि ३१३१ हजार लफ्याङ घर भई काठमाण्डौ वसोवास गर्दै आएका सामाजिक व्यक्तित्व तथा व्यवसायी मदन राई र लफ्याङ घर भई सिंगापुर प्रहरीमा कार्यरत सुखराज राईले सहयोग गर्ने घोषणा गरेसँगै सम्पूर्ण पुरस्कारहरुमा सहयोग जुटेको  वडाध्यक्ष  राईले बताए । 

    यस्तै, प्रतियोगिताका लागि खेलप्रेमी, राजनीतिज्ञ, खेलाडी, समाजसेवी लगायतले सहयोग गरिरहेको वडाध्यक्ष राईले बताए । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५र५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ ।

    प्रतियोगितामा एक टिममा ९ जना खेलाडी, ४ जना अतिरिक्त खेलाडी, १र१ जना प्रशिक्षक र व्यवस्थापक हुनुपर्ने नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए ।

    राईका अनुसार प्रतियोगितामा ३ जना वाह्य खेलाडी सहभागी गराउन पाइनेछ । ५ फागुनसम्म टिम दर्ता गरिने र ६ फागुनमा खेल तालिका सार्वजनिक गरिने क्लबका अध्यक्ष राईले बताए  । प्रतियोगिता उद्घाटनका दिन जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई नगद ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।

    फुटवल प्रतियोगिताको उद्घाटनमा गायक राजेश पायल राई लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - २२:५३:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको