शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पुनर्निर्माणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उ्दघाटन

पुनर्निर्माणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उ्दघाटन

रोदिक खबर

३, फाल्गुण २०७७
  • 5.1K
    SHARES
  • पुनर्निर्माणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उ्दघाटन

    काठमाडौं । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गरेका छन् ।

    उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सरेको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

    पुनर्निर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडाहरु वि.सं. २०३० को आगलागीमा परेपछि वि.सं. २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरी पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको थियो ।

    भौतिक प्रवलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपतकालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अलावा कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकुलन प्रणाली जडान गरिएको छ ।

    Singhadurbar-East-North-South-5.jpg

    सिंहदरबार पुनर्निर्माणको कार्यान्वयनको गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनर्निर्माणमा हालसम्म भ्याटबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ ।

    सिंहले उत्तर, दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ हरु प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको जानकारी दिए । आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्रीहरु प्रयोग गरी प्रवलीकरण भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २३:२३:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको