पाण्डे प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त

पाण्डे प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त

रोदिक खबर

१, भाद्र २०७७
  • 2.9K
    SHARES
  • पाण्डे प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त

    खोटाङ । खोटाङका पत्रकार दिपक पाण्डे प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् । २५ वर्षदेखि पत्रकारितामा क्रियासिल पाण्डे चार वर्षका लागि काउन्सिलको सदस्यमा नियुक्त भएका हुन् ।

    प्रेस काउन्सिलको सदस्यमा चुनिएका पत्रकार पाण्डे हाल प्रकाश साप्ताहिकका सम्पादक एबं जनता टिभीका सल्लाहकार सम्पादकका रुपमा कार्यरत छन् ।

    खोटाङ घर भइ हाल काठ्माण्डौंमा बसेर पत्रकारिता गरिरहेका पाण्डे नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एबं लेखा समितिका संयोजक हुन् । पाण्डेसँगै पत्रकार दुर्गा भण्डारी पनि काउन्सिलको सदस्यमा नियुक्त भएका छन् ।

    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १३:४७:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको