काठमाडौं – सर्वाेच्च अदालतमा परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ दिएका छन् । प्रधानमन्त्री ओली बिहीबार आफैं अदालतमा उपस्थित भएका हुन् ।
अधिवक्ता कञ्चनकृष्ण न्यौपानले र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले ओलीविरुद्ध अवहेलनासम्बन्धी छुट्टाछुट्टै रिट दायर गरेका थिए । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैं उपस्थित हुन माघ १५ गते ओलीका नाममा आदेश दिएको थियो ।
प्रतिनिधिसभा संसद विघटनको मुद्दामा वरिष्ठ अधिवक्तालाई ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहसका लागि ९४ वर्षीय अधिवक्ता भण्डारीलाई बोलाएको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटको कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै ठाउँ संविधानमा छैन ।
१ जना बाजे वकिललाई पनि लगेछन् त्यो ठाउँमा किन दुःख दिएका हुन् ती बाजेलाई ?’ काठमाडौंको सिंहदरबार नजिकै रहेको सुरक्षित क्षेत्र सर्वाेच्च अदालतमा समेत प्रधानमन्त्री ओली गाडीका लस्कर र सुरक्षा गार्डको तामझामसहित अदालत छिरेका छन् ।
यस्तो छ ओलीले अदालतमा दिएको लिखित जवाफ –


