शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङ सम्मानित 

जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङ सम्मानित 

रोदिक खबर

११, फाल्गुण २०७७
  • 4.1K
    SHARES
  • जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङ सम्मानित 

    खोटाङ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ गाउँमै सम्मानित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा जन्मिएर समाजको उन्नती, प्रगती र देशकै लागि राजनैतिक क्षेत्रबाट पुर्‍याएको योगदानको उच्च कदर गर्दै वडा कार्यालयले जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङलाई सम्मान गरेको हो ।

    वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा लफ्याङमा सोमबार सुरु भएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिता उद्घाटनको अवशरमा जिसस प्रमुख चाम्लिङलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथिकारुपमा प्रदेशसभा सांसद रामकुमार राई पासाङ र वडाध्यक्ष निर्मल राईले चाम्लिङलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् ।

    राजनैतिक क्षेत्रबाट समाज र राष्ट्रलाई इमान्दारिताका साथ पु¥याएको योगदानको कदर स्वरुप जिसस प्रमुख चाम्लिङलाई सम्मान गरिएको वडाध्यक्ष राईले बताए । 

    विद्यार्थी कालमा यूनियन हुँदै अनेरास्ववियु एकताको पाँचौंमार्फत तत्कालीन नेकपा मालेको राजनीति सुरु गरेका चाम्लिङ २०४४ सालदेखि २०४७ सालसम्म जेल परेका थिए ।

    पञ्चायत व्यवस्था बिरुद्ध लागेकोमा राजनैतिक मुद्धा लगाएर जेलमा पु¥याइएका चाम्लिङ २०४६ सालको ऐतिहासिक जनआन्दोलनले निरंकुस पञ्चायती व्यवस्था ढलेसँगै राजबन्दी रिहाइ गर्नेक्रममा २०४७ साल जेठमा जेल मुक्त भएका थिए ।

    जेलबाट रिहाई भए लगत्तै प्ररायु संघको खोटाङ संयोजक, २०४८ सालमा प्ररायु संघको केन्द्रीय सदस्य, २०४८ सालमा सम्पन्न नेकपा एमालेको पहिलो जिल्ला अधिबेसनबाट सचिवालय सदस्य, २०६४ सालको अधिबेसनबाट उप–सचिव, २०६५ सालमा उपाध्यक्ष, २०७० सालमा अध्यक्ष तथा २०७२ सालमा सम्पन्न एमालेको छैठौं जिल्ला अधिवेसनबाट पुःन अध्यक्षको भूमिका पाएका थिए ।

    तर, स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला समन्वय समितिको प्रमुख भूमिका पाएपछि उनले पार्टी अध्यक्ष त्याग गरेका थिए । हाल उनी नेकपाका प्रदेश कमिटि सदस्य पनि छन् । 

    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १४:१९:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको