खेलमैदानका लागि निःशुल्क जग्गा दिने चार दाता सम्मानित 

खेलमैदानका लागि निःशुल्क जग्गा दिने चार दाता सम्मानित 

रोदिक खबर

११, फाल्गुण २०७७
  • 11.5K
    SHARES
  • खेलमैदानका लागि निःशुल्क जग्गा दिने चार दाता सम्मानित 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा मझुवागढी रणजितमान राई खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने चार जना जग्गादातालाई सम्मान गरिएको छ ।

    मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सोमबार वडा कार्यालयले जग्गादाता पञ्चसेर राई, हर्कराज राई, बालाचन्द्र राई र सर्वजित राईलाई सम्मान गरेको हो ।

    जग्गादातालाई प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतले दोसल्ला ओढाएर कदर–पत्र प्रदान गरेका थिए । खेलमैदान निर्माणका लागि करिब ३० रोपनी जग्गा निःशुल्क प्रदान गरेकामा जग्गादातालाई सम्मान गरिएको वडाध्यक्ष निर्मल राईले बताए । 

    खेल मैदान २०७६ साल जेठ ७ गते खेलमैदान शिलान्यास गरिएको थियो । दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने भएकाले खोलमैदानबाट साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका लगायतका खेलाडी समेत लाभान्वित हुने आर्थिक संकलन सहयोग समितिका अध्यक्ष राजेन्द्र राईले बताए । 

    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १४:२५:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको