शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

महोत्तरीमा एक दम्पती सुतेकै ठाउँबाट बेपत्ता, खोजीको माग गर्दै प्रदर्शन

महोत्तरीमा एक दम्पती सुतेकै ठाउँबाट बेपत्ता, खोजीको माग गर्दै प्रदर्शन

रोदिक खबर

११, फाल्गुण २०७७
  • 3.0K
    SHARES
  • महोत्तरीमा एक दम्पती सुतेकै ठाउँबाट बेपत्ता, खोजीको माग गर्दै प्रदर्शन

    महोतरी। महोत्तरीमा एक दम्पतीलाई घरबाटै अपहरण गरी बेपत्ता बनाइएको घटना सार्वजनिक भएपछि स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।  पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् ।

    प्रहरीका अनुसार दुवै जना छुट्टाछुट्टै कोठामा सुतेका थिए । तर मंगलबार बिहान दुवै जना घरमा थिएनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । 

    झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार ‘घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीब्र रुपमा भइरहेको र घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको छ ।” स्थानीयका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् ।

    झा दम्पती बेपत्ता भएपछि उनको खोजी अबिलम्ब गर्नुपर्ने मागसहित स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले पिपरा गाउँपालिकास्थित जनकपुर–जलेश्वर सडक खण्डमा टायर बालेर अवरुद्ध गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १४:३७:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको