मझुवागढी रणजितमान अन्तर वडा स्तरीय फुटवल 

शनिबार सेमीफाईनलका खेल हुँदै 

शनिबार सेमीफाईनलका खेल हुँदै 

रोदिक खबर

१४, फाल्गुण २०७७
  • 4.2K
    SHARES
  • शनिबार सेमीफाईनलका खेल हुँदै 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ छिवामा जारी सर्वाधिक राशीको फुटबल प्रतियोगीता सेमीफाइनलको चरणमा प्रवेश गरेको छ ।

    ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा गत सोमबार सुरु भएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिता सेमीफाईनलको चरणमा पुगेको हो ।

    शुक्रबार भएको क्वाटरफाईनल खेलबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, खोटेहाङ गाउँपालिका–७ खोटाङबजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–१ दिक्तेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–७ दोर्पाचिउरीडाँडा सेमीफाईनल प्रवेश गरेको छ ।

    शनिबार दिउँसो १२ बजेपछि दुर्छिम र खोटाङबजारबिचमा सेमीफाईनलको पहिलो खेल हुने आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए । वडा कार्यालय र नमुना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरेको हो ।

    आगामी फागुन १६ गतेसम्म सञ्चालन हुने फुटवल प्रतियोगिता प्रदेशसभा सांसद रामकुमार राई पासाङले उद्घाटन गरेका थिए । मझुवागढी रञ्जितमान राई खेलमैदानमा जारी प्रतियोगीतामा २१ टिमले प्रतिष्पर्धा गरेका थिए । 

    प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई वटा टिमले ३१÷३१ हजार नगद पुरस्कार पाउने छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५÷५ हजार पुरस्कार प्रदान गरिने आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष राईले बताए । 

    वडा कार्यालयको पहलमा स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण गरिएको हो । १२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको डिपिआर तयार पारिसकिएको वडाध्यक्ष निर्मल राईले बताए । 

    प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - २०:३२:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको