शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधि सभा बैठक फागुन २३ गते दिउँसो ४ बजेका लागि आह्वान

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधि सभा बैठक फागुन २३ गते दिउँसो ४ बजेका लागि आह्वान

रोदिक खबर

१७, फाल्गुण २०७७
  • 3.8K
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधि सभा बैठक फागुन २३ गते दिउँसो ४ बजेका लागि आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

    सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ ।

    प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १४:०९:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको