काठमाडाैं : पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपा विवाद आयोगले तत्काल निरुपण गर्नुपर्ने उल्लेख गरेका छन्। निर्वाचन आयोगले निर्णय क्षमता स्वायत्तताका विषयमा आफ्नो साखमा पर्न सक्ने असरलाई ख्याल गर्नुपर्ने बताएका छन्।
पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र (का.वा) दोलखबहादुर गुरुङले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको बताएका हुन् ।
प्रचलित कानुन र स्थापित नजिरका आधारमा यस विषयमा उपयुक्त निर्णय आयोगले यथाशीघ्र दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।