शुक्रवार, भाद्र २६ गते २०८३

सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

१०, भाद्र २०७७
  • 2.9K
    SHARES
  • सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना परीक्षण गरिएका मध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पुष्टि हुनेमा डडेल्धुरा आलिताल गाउँपालिकाका १, अजयमेरु गाँउपालिकाका १ र कंचनपुर बेलौरी नगरपालिकाका २ छन् ।

    त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकाका १ र गोदावरी नगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १५:३४:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको