खोटाङ । खोटाङमा दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको भवन शिलान्यास गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा गैरीगाउँमा शनिवार भवन शिलान्यास गरिएको हो ।
स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराएको ६ आना जग्गामा दाहाल प्रतिष्ठान केन्द्रीय समितिका सह–अध्यक्ष दुर्गाप्रसाद दाहालले भवन शिलान्यास गरेका हुन् ।
करीव एक करोड लगानीमा निर्माण हुने भवन तीन तलाको हुनेछ । भवनमा सभाहल, पदाधिकारी कक्षहरु र अतिथि गृह हुनेछ । भवन निर्माणका लागि नगरपालिकाबाट नक्सा समेत पास भइसकेको दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका अध्यक्ष मिनकुमार दाहालले बताए । अध्यक्ष दाहालका अनुसार प्रतिष्ठानका लागि निकट भविष्यमा चार आना जग्गा पनि निःशुल्क प्राप्त हुने संकेत देखिएको छ ।

भवन शिलान्यास कार्यक्रममा दाहाल प्रतिष्ठान केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष कमलप्रसाद दाहाल, उपाध्यक्ष द्रोणचार्य दाहाल, बुद्धिजीवी परिषद सदस्य किशोरकुमार दाहाल, केन्द्रीय सचिवालय सदस्य चिरञ्जीवी दाहाल, केन्द्रीय सचिवालय सदस्य लक्ष्मण दाहाल, केन्द्रीय सदस्यहरु सिताराम दाहाल, हरिकृष्ण दाहाल, बलराम दाहाल, बमबहादुर दाहाल, कम अप विथ हन्ड्रेड निर्देशक समितिका सदस्य रामकुमार दाहाल र रमिता दाहाल (नेपाल) केन्द्रीय लेखा समिति सदस्य अशोक दाहाल, पूर्व केन्द्रीय सदस्य गोमादेवि दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललगायत विभिन्न जिल्लाका शाखा समितिका अध्यक्षहरुको उपस्थिति रहेको दाहाल प्रतिष्ठानले जनाएको छ ।