दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको अध्यक्षमा पुनः मीनकुमार दाहाल चयन भएका छन् । शनिबार जिल्ला समन्वय समितिको समिक्षलय हलमा भएको दाहाल प्रतिष्ठान शाखा समितिको तेश्रो अधिबेशनबाट दाहाल पुनः अध्यक्षयमा चयन भएका हुन् ।
दाहालको अध्यक्षतामा २३ सदस्यीय समिति निर्माण भएको छ । समितिको उपाध्यक्षमा भोला दाहाल, सचिवमा लिलाबहादुर दाहाल, सह–सचिवमा राजेन्द्र दाहाल र कोषाध्यक्षमा मित्रबहादुर दाहाल छन् ।
यस्तै, सदस्यहरुमा लक्ष्मीप्रसाद दाहाल, तेजबहादुर दाहाल, रत्नबहादुर दाहाल, सुमन दाहाल, शंकरमान दाहाल, अर्जुन दाहाल, रविना दाहाल (सुवेदी), मेघराज दाहाल, लालबहादुर दाहाल, डम्बरबहादुर दाहाल, बलबहादुर दाहाल, हेमलत्ता दाहाल चयन भएका छन् । अन्य बाँकी सदस्य पछि मनोनित गरिने प्रतिष्ठानले जनाएको छ ।
यस्तै, नइन्द्रकुमार दाहालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरिएको छ । समितिको सदस्यमा शेरबहादुर दाहाल र कुमार दाहाल रहेका छन् ।
दाहाल प्रतिष्ठान केन्द्रीय समितिका सह–अध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा दाहाल प्रतिष्ठान केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष कमलप्रसाद दाहाल, उपाध्यक्ष द्रोणचार्य दाहाल, बुद्धिजीवी परिषद सदस्य किशोरकुमार दाहाल, केन्द्रीय सचिवालय सदस्य चिरञ्जीवी दाहाल, केन्द्रीय सचिवालय सदस्य लक्ष्मण दाहाल, केन्द्रीय सदस्यहरु सिताराम दाहाल, हरिकृष्ण दाहाल, बलराम दाहाल, बमबहादुर दाहाल, कम अप विथ हन्ड्रेड निर्देशक समितिका सदस्य रामकुमार दाहाल र रमिता दाहाल (नेपाल) केन्द्रीय लेखा समिति सदस्य अशोक दाहाल, केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति उपप्रमुख गोमादेवी दाहाल, दिप्रुङ चुइचुम्मा गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल लगायत विभिन्न जिल्लाका शाखा समितिका अध्यक्षहरुको उपस्थिति रहेको दाहाल प्रतिष्ठानले जनाएको छ ।