शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

दाहाल प्रतिष्ठान खोटाङद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

दाहाल प्रतिष्ठान खोटाङद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

रोदिक खबर

२२, फाल्गुण २०७७
  • 3.1K
    SHARES
  • दाहाल प्रतिष्ठान खोटाङद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

    दाहाल प्रतिष्ठान खोटाङले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । प्रतिष्ठानले तेस्रो जिल्ला अधिवेशनका अवशरमा प्रतिष्ठानको भवन निर्माणार्थ निशुल्क जग्गा उपलव्ध गराउनु हुने स्थानीय रामबहादुर दाहाल, प्रतिष्ठानको भवनस्थल सम्म पुग्ने मोटरेवल सडक निर्माणका लागि जग्गा उपलव्ध गराउनु हुने सूर्यबहादुर राई, राम बजगाइँ, प्रेमबहादुर दाहाल र सरस्वती दाहाललाई सम्मान पत्रले सम्मान गरेको हो ।

    यस्तै, प्रतिष्ठानले मोफसलमा रहेर गीत संगीत र गायनका क्षेत्रमा योगदान पुर्‍याउनु हुने दिक्तेल रुपाकोट मफुवागढी नगरपालिका–११ का भक्तबहादुर विश्वकर्मालाई नगद पाँच हजारसहित कदर पत्रले सम्मान गरेको छ भने वंशावली संकलन तथा गोठ धुप र देवाली कूलपूजा विधि सम्वन्धि खोज अनुसन्धान गर्ने अनुसन्धानकर्ता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का डम्बरबहादुर दाहाल, ऐसेलुखर्क गाउँपालिका–३ दिम्मा पातेलका ज्ञानेन्द्र दाहाल, हलेसी तुवातुङ नगारपालिका–४ बडहरेका पृथ्वी दाहाल र  ननदबहादुर दाहाललाई पनि  नगद पाँच हजारसहित कदर पत्रले सम्मान गरेको छ ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ३ का ८९ वर्षीय जेष्ठ नागरिक मेखबहादुर दाहाललाई दोसल्ला ओडढाएर सम्मान गरिएको छ ।

    IMG_3326.jpg

    उनीहरुलाई दाहाल प्रतिष्ठान केन्द्रीय समितिका सह–अध्यक्ष दुर्गाप्रसाद दाहाल, बरिष्ठ उपाध्यक्ष कमलप्रसाद दाहाल, उपाध्यक्ष द्रोणचार्य दाहाल, बुद्धिजीवी परिषद सदस्य किशोरकुमार दाहाल, केन्द्रीय सदस्यहरु सिताराम दाहाल, हरिकृष्ण दाहाल, कम अप विथ हन्ड्रेड निर्देशक समितिका सदस्य रामकुमार दाहाल, रमिता दाहाल (नेपाल) लगायतले सम्मान पत्र प्रदान गरेका थिए । 

    प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - २३:३९:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको