सर्वोच्चको फैसलापछि तिवारीको एमाले र किराँतीको माओवादी केन्द्र के हुन्छ ?

सर्वोच्चको फैसलापछि तिवारीको एमाले र किराँतीको माओवादी केन्द्र के हुन्छ ?

रोदिक खबर

२३, फाल्गुण २०७७
  • 4.4K
    SHARES
  • सर्वोच्चको फैसलापछि तिवारीको एमाले र किराँतीको माओवादी केन्द्र के हुन्छ ?

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण बदर गरेर साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने निर्णयले निर्वाचन आयोगमा दर्ता भएका दुई वटा दलको दर्ता खारेज हुने कानुनका जानकारहरुले बताएका छन् ।

    १५ भदौ २०७६ मा पूर्वमन्त्री गोपाल किराँतीले आयोगमा नेकपा (माओवादी केन्द्र) नामक दल दर्ता गरेका थिए । दल दर्ता नम्बर १५३ रहेको माओवादी केन्द्रको कार्यालय गौशलामा रहेको आयोगको अभिलेख छ ।

    यस्तै, २० साउन २०७७ मा सन्ध्या तिवारीले नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) नामको दल आयोगमा दर्ता गरेकी थिइन् । यो दलको दर्ता नम्बर १६० छ । ३ जेठ २०७५ मा साविक एमाले र माओवादी केन्द्र एकीकरण भएपछि किराँती र तिवारीको दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।

    संविधानविद् डा. भीमार्जुन आचार्य सर्वोच्च अदालतको आइतबारको फैसलाले २ जेठ २०७५ कै अवस्थामा पुर्‍याएकाले केपी शर्मा ओलीको नाममा दर्ता भएको नेकपा (एमाले) र पुष्पकमल दाहाल प्रचण्डको नाममा दर्ता भएको नेकपा (माओवादी केन्द्र)ले पाउने बताउँछन् ।

    ‘अदालतको फैसला हेर्दा २०७६ भदौ र २०७७ साउनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) नाम खाली थिएन भन्ने अर्थ लाग्छ’, डा. आचार्य भन्छन् ।

    सर्वोच्चका न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलको रुपमा कायम रहने फैसला गरेको हो ।

    अनलाइन खबरबाट ।

    प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २१:११:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको