सर्वोच्च अदालतको फैसलापछि ओली पक्षका नेता कार्यकर्ताले दिक्तेलमा खुसियाली मनाए

सर्वोच्च अदालतको फैसलापछि ओली पक्षका नेता कार्यकर्ताले दिक्तेलमा खुसियाली मनाए

रोदिक खबर

२३, फाल्गुण २०७७
  • 6.3K
    SHARES
  • सर्वोच्च अदालतको फैसलापछि ओली पक्षका नेता कार्यकर्ताले दिक्तेलमा खुसियाली मनाए

    सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र एकता अघिकै अवस्थामा पुगेको भन्दै ओली पक्षका नेता कार्यकर्ताले दिक्तेलमा खुसियाली मनाएका छन् । 

    अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएर पार्टी एकताका लागि नयाँ नाम ल्याउन भनेपछि दिक्तेलमा दिप प्रज्वलन गरी चुनावी गीत घन्काउदै ‘सै पनि एमाले मै पनि एमाले’ भन्दै दिक्तेलको पुष्पलाल स्मृति भवन आगाडि र त्रिवेणी चौकमा नाँचगान गरेका हुन ।

    सरकारले संसद विघटन गरे लगतै बन्द रहेको नेकपा खोटाङ कार्यालय पनि आइतवार साँझ ओली पक्षका नेता कार्यकताले खोलेका छन् ।

    केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएर आफूहरुको पार्टी पुरानै नेकपा एमाले भएको भन्दै नाँचगानसहित ओली पक्षीय पूर्व एमाले कार्यकर्ताले खुसी साटासाट गरेका हुन् ।

    दीप प्रज्वलन पछि पुष्पलाल स्मृति भवन अगाडि भएको कोण सभामा तत्कालीन एमालेका उपसचिव कुमार आचार्यले र त्रिबेणी चौकमा भएको कोणस दीपनारायण रिजालले सम्वोधन गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद’ नारा लगाइएको थियो । 

    प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २१:१४:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको