प्राकृतिक प्रकोपबाट बच्नका लागि सुरक्षा जानकारी पुस्तिका वितरण गाउँपालिका र प्रहरी

प्राकृतिक प्रकोपबाट बच्नका लागि सुरक्षा जानकारी पुस्तिका वितरण गाउँपालिका र प्रहरी

रोदिक खबर

१०, भाद्र २०७७
  • 3.8K
    SHARES
  • प्राकृतिक प्रकोपबाट बच्नका लागि सुरक्षा जानकारी पुस्तिका वितरण गाउँपालिका र प्रहरी

    खोटाङ । प्राकृतिक प्रकोपबाट बच्नका लागि खोटाङको साकेला गाउँपालिका र जिल्ला प्रहरी कार्यालयले सुरक्षा जानकारी दिने पुस्तिका प्रकाशन गरेको छ । गाउँपालिका र जिल्ला प्रहरी कार्यालयले भूकम्प, आगलागी, पहिरो, बाढी तथा डुवान लगायतका प्राकृतिक विपत्तीबाट बच्ने उपाय र सावधानीका विषयमा जानकारी दिने पुस्तिका प्रकाशन गरेको हो ।

    प्राकृतिक विपत्तीबाट सर्वसाधारणको जीवन बचाउका लागि हरेक घरमा एकरएक प्रति पुर्‍याउने लक्ष्यका साथ दुई हजार थान सचेतनामुलक पुस्तिका प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ । सुरक्षा जानकारी पुस्तिका प्रदेशसभा सांसद रामकुमार राई र गाउँपालिका अध्यक्ष अर्जुन खड्काले ईलाका प्रहरी कार्यालय मात्तिमबिर्ताका प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

    पुस्तिकामा गाउँपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाईटी, साकेला गाउँपालिकाभित्रका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीको सम्पर्क नम्बर समेत उल्लेख गरिएको छ ।

    ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले गत असार १२ गतेदेखि थालेको सुरक्षा सचेतना अभियान अन्तरगत साकेला गाउँपालिकामा सुरक्षा जानकारी पुस्तिका प्रकाशन गरेर वितरण सुरु गरिएको हो ।

    सुरक्षा सचेतना अभियानकाक्रममा खोटाङका ४२ हजार ६४७ घरधुरीमा पुगेर सुरक्षा सचेतना सम्वन्धी सचेतनामुलक पुस्तिका वितरण गर्ने लक्ष्य राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए।

    सचेतनामुलक पुस्तिका समुदाय–प्रहरी पालिका समिति, वडा समिति र टोल समितिमार्फत घर–घरमा वितरण भइरहेको जनाइएको छ । 

    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १७:१२:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको