शुक्रवार, भाद्र २६ गते २०८३

हजुरबाको स्मृतिमा नातीको शोककाव्य 

हजुरबाको स्मृतिमा नातीको शोककाव्य 

रोदिक खबर

२८, फाल्गुण २०७७
  • 7.0K
    SHARES
  • हजुरबाको स्मृतिमा नातीको शोककाव्य 

    खोटाङ । खोटाङका श्रष्टा प्रकाश आचार्य ‘भावुक’ प्रभाको शोककाव्य ‘हजुरबा’ लोकार्पण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल फूलबारी टोलका आचार्यले आफ्नो स्वर्गीय हजुरबा बोलप्रसाद आचार्य ‘माझाघरे’ को स्मृतिमा सिर्जना गरेको शोककाव्य महाशिवरात्रीको अवशर पारेर विहिवार लोकार्पण गरिएको हो ।

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार विष्णु आभूषणले आचार्यको शोककाव्य ‘हजुरबा’ लोकार्पण गरेका हुन् ।

    विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशन गर्दै आएका आचार्यले साँस्कृतिक पुजारी रहेका स्वर्गीय हजुरबाको सम्मान र स्मृतिमा शोककाव्य तयार पारेका हुन् । लोकार्पण गरिएको पुस्तकमाथि शिक्षक काजीप्रसाद खतिवडाले टिप्पणी गरेका थिए । 
    विभिन्न साहित्यिक एवं सामाजिक संघसंस्थामा आवद्ध आचार्य निजामती सेवामा आवद्ध छन् ।

    राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा २०७७ सालमा नेपाली सेनाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगीतामा पुरस्कृत भएका आचार्य कथा, निवन्ध, कविता सिर्जनामा चम्किला श्रष्टा हुन् ।

    उनी साहित्यिक पत्रपत्रिकासँग पनि आवद्ध छन् । बुवा अविनारायण आचार्य र आमा कुमारी आचार्यको सन्तान रहेका प्रकाश सुनौलो विहानी साहित्यिक पत्रिकाका सम्पादक र पुष्पसमय साहित्यिक पत्रिकाका प्रधान सम्पादकको जिम्मेवारीमा पनि छन् । 

    समाजसेवी तथा बुद्धिजीवी जयप्रसाद आचार्यको सभापतित्वमा भएको  ‘हजुरबा’ लोकार्पण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, साहित्यकार टंक भट्टराई, प्रेस स्वतन्त्रता सेनानी पत्रकार कृष्ण आचार्य, बुद्धिजीवी देवीप्रसाद रिजाल, शिक्षक काजीप्रसाद खतिवडा, श्रष्ठा, साहित्यनुरागी लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०७:०६:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको