खोटाङ फुटबल संघको साधारण सभा सम्पन्न, चार सदस्य मनोनयन 

खोटाङ फुटबल संघको साधारण सभा सम्पन्न, चार सदस्य मनोनयन 

रोदिक खबर

२८, फाल्गुण २०७७
  • 2.9K
    SHARES
  • खोटाङ फुटबल संघको साधारण सभा सम्पन्न, चार सदस्य मनोनयन 

    खोटाङ ।

    खोटाङ फुटबल संघमा चार जना सदस्य थप भएका छन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा शुक्रबार सम्पन्न संघको प्रथम साधारणसभाले चार सदस्य मनोनयन गरेको हो ।

    जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले उद्घाटन गरेको साधारणसभाले जन्तेढुंगा फुटबल क्लवका अध्यक्ष सुमन पुमा राई, खोटाङ भगवती स्पोर्टस् क्लवका अध्यक्ष विनोद तिरुवा,  हलेसी तुवाचुङ फुटबल क्लवका अध्यक्ष कमल चाम्लिङ र बाक्सिला फुटबल क्लवका सदस्य सनम राई (जोजो)लाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

    यससँगै फुटबल संघको सदस्य संख्य २१ जना पुगेको छ । २०७३ सालमा स्थापना गरिएको फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आवद्ध छन् ।

    साधारणसभामा जिल्लामा सञ्चालन हुने फुटबल प्रतियोगीताका लागि नियमावली तयार पार्ने, फुटबल संघलाई विधिवत दर्ता गर्ने लगायतका विषयमा छलफल भएको छ ।

    पछिल्लो समय विभिन्न फुटबल खेलमा रेफ्रीमाथि हातपात भइरहेको घट्नालाई लक्ष्यित गर्दै संघको साधारणसभामा नियमावलीको विषयले प्रवेश पाएको जनाइएको छ । साधारणसभाले संघको आर्थिक तथा संस्थागत प्रतिबेदन संशोधन सहित अनुमोदन गरेको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङ, जिल्ला खेलकुद समितिका पुर्वअध्यक्ष माईतीराज राई, अखिल नेपाल फुटबल संघ प्रदेश सदस्य तथा फुटबल संघका उपाध्याक्ष समीर राई, बाक्सिला फुटबल क्लबका सचिव पवन श्रेष्ठ, दिक्तेल फुटबल क्लबका अध्यक्ष सगुन ताम्राकार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    फुटबल संघका अध्यक्ष ध्रुबविक्रम राईको सभापतित्वमा आयोजना गरिएको साधारणसभा सचिव काजिमान राईले सञ्चालन गरेका थिए ।

    जिल्ला फुटबल संघकै पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थायी सदस्यता प्राप्त गरेको छ । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको  फुटबल संघका अध्यक्ष राईले बताए ।

    प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - २२:५६:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको