शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पार्टी बैठकमा नआए विधानको व्यवस्था अनुसार कारवाही गर्छु : ओली

पार्टी बैठकमा नआए विधानको व्यवस्था अनुसार कारवाही गर्छु : ओली

रोदिक खबर

२९, फाल्गुण २०७७
  • 2.8K
    SHARES
  • पार्टी बैठकमा नआए विधानको व्यवस्था अनुसार कारवाही गर्छु : ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री भइदिनुहोस् भनेर निवेदन हाल्न नजाने बताएका छन्। एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विकास विरोधीहरूले जति खुट्टा ताने पनि सक्दैनन्।

    नेता कार्यकर्ताको स्वार्थ जनताको लागि मात्रै हुनुपर्छ। तर, देश र जनतालाई भन्दा आफ्नो स्वार्थलाई महत्व दिनेहरूको कारणले अहिलेको समस्या देखिएको छ।’ उनले आफ्नो नेतृत्वको सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेमा केन्द्रित भएको बताए।

    उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव कुमार नेपाल समूहलाई लक्षित गर्दै झगडियाहरूले, नक्कली लोकतन्त्रवादीहरूले हाउभाउसहित भाषण गर्दै हिँडेको आरोप लगाए।

    ‘चुनाव भयो भने संविधान र लोकतन्त्र मासिन्छ रे। ताजा जनादेशमा जान खोज्दा लोकतन्त्र खत्तम भयो भनेर लागे’ उनले भने, ‘चुनावमा जाने हो भने यिनीहरूले धुलो चाट्छन्। त्यसैले डर भयो होला।’ उनले ताजा जनादेशमा जाने कुराले संविधान र लोकतन्त्रको रक्षा हुने दाबी गरे। ‘अबको दुई वर्षभित्रमा चुनाव भइहाल्छ। भनेपछि लोकतन्त्रको आयु त्यही डेढ दुई वर्ष मात्रै रहेछ’ उनले भने। माधवहरू ओलीलाई हटाउन पर्यो भनेर जोगीले झै घरघर चहार्दै हिँडिरहेको आरोप उनले लगाए।

    ‘हामी कसैलाई प्रधानमन्त्री भइदिनुहोस् भनेर निवेदन हाल्न जाँदैनौ। हामी बाहेक देश विकास जाने गर्ने कोही पार्टी हुदैन’ उनले भने, ‘झगडियाहरूको ताल कस्तो हुँदो रहेछ देखियो। पार्टीमा विधि र पद्धतिको कुरा गर्नेहरूको ताल पनि देखियो।’ ‘उहाँहरुले पार्टी प्यालेसमा भोज खान आउनेका सहि लिएर निर्वाचन आयोगमा जान्छन्। अनि हामीलाई पद र पार्टी मुक्त बनाइदिने रे’ उनले भने, ‘उहाँहरु को बाट सञ्चालित हो थाहा छैन।’

    बैठक नबसि पार्टी अध्यक्ष र दलको नेता छाने भन्दै खुसियाली बनाएको उनले बताए। ‘एकजना अध्यक्षका लागि हिरिक्क-हिरिक्क गरिरहेका थिए। अध्यक्ष बने रे कहाँ हो ?’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई वर्वाद पार्नका लागि खुसियालीमा लड्डु खाएर खुसियालीमा अविर जात्रा गरेको हो हेरियो, हेदैछौँ।’ ​झगडियाले मुद्दा गर्ने भएकाले कार्यकर्ता देश बनाउनतिर लाग्ने ओलीको भनाई थियो। उनले कसैको हिम्मत भए सरकारबाट हटाउन चेतावनी समेत दिए।

    ‘जालझेल गरेर कसैले हटाउन सक्छ भने हटाओस्। २० महिनापछि फेरि नेकपा एमालेको तर्फबाट चुनावमा गएर दुई तिहाई बहुमतको साथ सिंहदरबार फर्किन्छु’ उनले भने, ‘हामी सत्ताको लागि होइन जनताको पक्षमा छौँ। त्यसैले हामीलाई प्रतिपक्षमा बस्न कुनै समस्या छैन।’

    प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - २०:४२:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको