लोकसेवाका पदाधिकारीको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन, नयाँ नियुक्तिमा अन्यौल

लोकसेवाका पदाधिकारीको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन, नयाँ नियुक्तिमा अन्यौल

रोदिक खबर

११, चैत्र २०७७
  • 3.0K
    SHARES
  • लोकसेवाका पदाधिकारीको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन, नयाँ नियुक्तिमा अन्यौल

    लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली लगायतको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन भएको छ। अध्यक्ष मैनालीसहित चार जना सदस्यको ६ वर्षे कार्यकाल मंगलबार सकिएको छ। 

    सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हादेव राय, कृष्णचन्द्र झाको पनि कार्यकाल सकिएको हो। मैनालीसहितको कार्यकाल सकिएको र नयाँ पदाधिकारी नियुक्ति गर्न ढिलाइ हुँदा आयोग पदाधिकारीविहीन बनेको छ।

    आयोगमा नयाँ पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषदबाट सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने नियम छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारले प्रतिनिधि सभा बैठकमा टेबुल गरेको छ। उक्त अध्यादेश फिर्ता लिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरिरहेको छ।

    प्रमुख प्रतिपक्षी दलको नेताविनै बैठक बसेर निर्णय गर्न सक्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएका थिए। आयोग पदाधिकारीविहीन हुँदा कामकारवाहीमा असर परेको छ।

    आयोगले सूचना निकालेर वैशाख ६ र ११ गतेका लागि तोकिएको खरिदार वा सोसरह पदको परीक्षा स्थगित गरिसकेको छ। 

    प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०८:५३:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको