शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

जंगलमा लागेको भीषण डढेलोले खोटाङमा चार घर जलेर नष्ट

जंगलमा लागेको भीषण डढेलोले खोटाङमा चार घर जलेर नष्ट

रोदिक खबर

११, चैत्र २०७७
  • 4.3K
    SHARES
  • जंगलमा लागेको भीषण डढेलोले खोटाङमा चार घर जलेर नष्ट

    जंगलमा लागेको डढेलोले खोटाङमा चार घर र एक वटा बाख्रा फर्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित तीन वटा सामुदायिक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बसेरीका तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको हो । स्थानीय जुरेथुम्का सामुदायिक वन र साँघुरी सामुदायीक वनमा लागेको डढेलोले बसोबास नभएको घर जलेको हो । 

    घरमा ताल्चा लगाएर तराईमा बसाई सरिसकेका तीन ढकाल परिवारको घरभित्रको भाँडाकुँडा भने निकालेर जोगाइएको स्थानीय सागर खनालले बताए । ८ वर्षअघि जंगलमा लागेको डढेलोमा घर गुमाएका ढकाल परिवारले पुःननिर्माण गरेको घर पुःन डढेलोले खाएको हो ।

    उसबेला विष्णुप्रसाद खनालको घर पनि डढेलोले जलेको थियो । गाउँमा पसेको डढेलोले सहकारीबाट एक लाख ७० हजार अनुदान लिएर बनाएको भुजेलको बाख्रा फर्म समेत खरानी भएको स्थानीय किसन भुजेलले बताए । भुजेलको घरमा भने वर्षा याममा मात्र बसोबास गर्ने गरिएको थियो । 

    आगो नियन्त्रणका लागि दिक्तेलबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्र पुगेको छ । अहिले पनि सुरक्षाकर्मी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा चम्पावती माविका कक्षा ९ र १० का छात्र/छात्रा र शिक्षक समेत खटिएका छन् । डढेलोले तीन घर जलेको जानकारी आएपनि क्षतीको बिस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

    हलेसी तुवाचुङ नगपालिका–११ राजापानीतर्फबाट तीन दिनअघि सुरु भएको डढेलो बिजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको हो । डढेलोबाट घर जोगाउनका लागि कतिपय स्थानीयले छानामा पानी छ्यापेर बसिरहेका छन् । आगोबाट घर जोगाउनका लागि छानामा पानी छ्याप्नेक्रममा लडेर स्थानीय मोहन विश्वकर्मा घाईते भएका छन् । उनको देब्रे हात भाँचिएको छ । उनलाई एम्बूलेन्समा राखेर उपचारका लागि स्वास्थ्य संस्था पठाइएको खनालले बताए । 
    डढेलोले जुरेथुम्का सामुदायीक वनको पुर्व र पश्चित मोहडा, साँघुरी सामुदायीक वन र भुन्टेम्मा सामुदायिक वनको अधिकांश भाग जलिसकेको छ । 

    प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - १७:०८:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको