शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

विकासप्रेमी राईलाई गाउँमा अभिनन्दन 

विकासप्रेमी राईलाई गाउँमा अभिनन्दन 

रोदिक खबर

१२, चैत्र २०७७
  • 3.3K
    SHARES
  • विकासप्रेमी राईलाई गाउँमा अभिनन्दन 

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका पूर्व युके लाहुरे तथा विकासप्रेमी टंकबहादुर राईलाई अभिनन्दन गरिएको छ । गाउँठाउँको विकास निर्माणका लागि योगदान पुर्‍याएकोमा राईलाई स्थानीयबासीले अभिनन्दन गरेका हुन् ।

    पूर्व जिविस इलाका सदस्य समेत रहेका राईलाई समाजसेवीका रुपमा चिसापानीको छेतुवा घोरेडाँडास्थित पृथ्वी आधारभुत विद्यालयको आयोजनामा अभिनन्दन गरिएको हो ।

    नेपाली कांग्रेसका जन्तेढुंगा गाउँपालिका समितिका सभापति प्रेमबहादुर बस्नेत, कांग्रेसका युवा नेता बाजिन्द्र बिष्ट, विव्यास अध्यक्ष सुक्रिम राई लगायतको उपस्थितिमा समाजसेवी राईलाई अभिनन्दन गरिएको हो । 

    पृथ्वी आधारभुत बिद्यालयमा २०६९ सालमा ४ लाखमा सरस्वतीको मन्दिर तथा मूर्ति निर्माण गरिदिएका राईले यस पल्ट २ लाख २६ हजार ४१० मा मन्दिर परिषरमा पर्खाल निर्माण गरिदिएका छन् ।

    द्वन्दकाल पछि धेरैजसो समय बेलायतमै विताउने गरेका ८० वर्षीय राईले गाउँ आएको बेला केही न केही सामाजिक काम गरेर फर्कने गरेका छन् ।

    बेलायतमा बसिरहेको अवस्थामा पनि राईले खोटाङमा हुने विभिन्न कार्यक्रमका लागि आफ्नो र स्वर्गीय श्रीमती प्यारीमायाँ राईको नामबाट पुरस्कार प्रायोजन, छात्रवृत्ति प्रदान गर्नेदेखि बिरामीलाई सहयोग गर्ने मानवसेवाको काम गर्दैआएका छन् । उनले यस वर्ष गाउँका युवालाई लक्षित गर्दै खेलमैदान निर्माण गरिदिने बताएका छन् । 

    जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवामा विक्रम संवत १९९७ सालमा जन्मिएका राईले चिसापानी मािवको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पनि पुरा गरिसकेका छन् ।

    विगतमा विभिन्न स्थानमा खानेपानी, पुल, बिद्यालय, प्रतिक्षालय, मन्दिर निर्माण लगायतका काममा पनि राईले अगुवाईको भूमीका निर्वाह गरेका थिए । कार्यक्रममा युवा नेता बिष्टले समाजसेवी राईको योगदानको चर्चा गर्दै नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताए । 

    प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - १८:१९:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको