शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सावाकटहरेका अग्नी पीडित परिवारलाई राहत 

सावाकटहरेका अग्नी पीडित परिवारलाई राहत 

रोदिक खबर

१२, चैत्र २०७७
  • 2.5K
    SHARES
  • सावाकटहरेका अग्नी पीडित परिवारलाई राहत 

    खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नी पीडित परिवारलाई राहत प्रदान गरेको छ । गत फागुन ६ गते भएको आगलागीबाट विस्थापित भएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका पर्शुराम राईलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार राहत प्रदान गरेको हो ।

    अग्नी पीडित पर्शुरामकी श्रीमती अम्बरी राईलाई वडाध्यक्ष राजकुमार राईमार्फत राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए । आगलागीमा राईको अन्न, लत्ताकपडा, भाँडाकुँडा, सुनचाँदी लगायतका धनमाल नष्ट भएको थियो । 

    खोटाङ समाज हङकङले स्थापना गरेको कोषले आगलागीबाट विस्थापित भएका राई परिवारको सहज जीवनयापनका लागि राहत प्रदान गरेको जनाएको छ ।

    प्राकृतिक विपत्तिमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा २०७२ सालमा कोष स्थापना गरिएको हो । २० लाखबाट सुरु गरिएको कोषको मुल धन यस वर्षदेखि २८ लाख पुगेको छ ।

    कोषको वार्षिक रुपमा आउने व्याजबाट जिल्लाका विपत्तीमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बताए । 

    प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - १८:२६:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको